शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

माइली साइरस बनिन् डिस्नीको सबैभन्दा कान्छी ‘लिजेन्ड’

मङ्गलबार, २९ साउन २०८१, १२ : ३२
मङ्गलबार, २९ साउन २०८१

क्यालिफोर्निया । गायिका तथा अभिनेत्री माइली साइरस डिस्नीको ‘लिजेन्ड’ उपाधि प्राप्त गर्ने सबैभन्दा कान्छी कलाकार बनेकी छन् । 

उनी सन् २००६ देखि प्रसारित डिस्नीको शृङ्खला ‘हाना मोन्टाना’ बाट चर्चित बनेकी थिइन् । त्यति बेला उनको उमेर मात्र १३ वर्षको थियो । 

डी२३ फ्यान कन्भेन्सनमा भावुक बनेकी माइलीले आफू हाना मोन्टाना बनेकोमा सधैँ गर्व लाग्ने बताइन् । ३१ वर्षीया कलाकारलाई कार्यक्रममा उपस्थित १२ हजार फ्यानले उठेर ताली बजाउँदै सम्मान व्यक्त गरेका थिए । 

उनले हालै मात्र ‘फ्लावर्स’ का लागि पहिलो ग्रामी अवार्ड जितेकी थिइन् । उक्त गीतलाई सन् २०२३ को वर्षको उत्कृष्ट रेकर्ड चुनिएको थियो । 

माइलीसँगै स्टार वार्स र इन्डियाना जोन्सका अभिनेता ह्यारिसन फोर्ड र ओस्कार विजेता जेमी ली कर्टिसलाई पनि डिस्नी लिजेन्डको उपाधिबाट सम्मानित गरिएको थियो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप