मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

विदेश पढ्न जानेले वर्षमा कति साट्न पाउँछन् ‘निर्वाह खर्च’ ?

मङ्गलबार, २९ साउन २०८१, ११ : ४१
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । विदेशमा अध्ययनका लागि जानेहरूका लागि निर्वाह खर्च बापत कति पैसा साट्न पाइन्छ ? यो आम विद्यार्थीको चासोको विषय हो ।

राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देश अनुसार तोकेर नै वार्षिक डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ । 

जसअनुसार क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरू जाने विद्यार्थीले सबैभन्दा बढी सटही सुविधा पाउँछन् भने दक्षिण एसियाली मुलुकहरूका लागि कम सटही सुविधा तोकिएको छ । 

नेपालबाट बङ्गलादेश र पाकिस्तान अध्ययन गर्न जाने एक नेपालीले वार्षिक २ हजार ५ सय अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउँछन् भने चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्स जानेहरूले ४ हजार अमेरिकी डलर सटही सुविधा पाउँछन् । 

यसैगरी सिङ्गापुर र दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीले ६ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ । 

यस्तै क्यानडा, अमेरिका, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरूमा अध्ययन गर्न जाने नेपालीहरूले भने वार्षिक ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन् । 

यी बाहेक अन्य मुलुकहरूमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वार्षिक ५ हजार अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउने केन्द्रीय बैंकले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप