बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रुसको हजार वर्ग किलोमिटर भित्रसम्म घुसपैठ गरेको युक्रेनको दाबी, के भने पुटिनले ?

मङ्गलबार, २९ साउन २०८१, ११ : २७
मङ्गलबार, २९ साउन २०८१

किभ । युक्रेनले हालैमात्र आफ्नो सेना रुसकोे एक हजार वर्ग किलोमिटर क्षेत्रभित्रसम्म छिरेको दाबी गरेको छ । युक्रेनको यो दाबीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई उक्साउने खालको भनेका छन् । शत्रुलाई आफ्नो क्षेत्रबाट बाहिर निकाल्नु भन्दै उनले रूसी सेनालाई आदेश दिएका छन् ।

रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सैनिकहरू छिरेका छन् । विगत एक सातादेखि यहाँ यहाँ दुई देशका सेनाबीच लडाई चलिरहेको छ । समाचार एजेन्सी रोयटर्सले छापेको खबरका अनुसार युक्रेनका वरिष्ठ कमाण्डर अलेक्जेन्डर सिस्र्कीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यसबारे जानकारी दिएका थिए । रुसी भूमिमा आक्रमण अझै जारी भएको जेलेन्स्कीलाई उनले भिडियो लिङ्कमार्फत भनेका थिए ।

सुरक्षालाई ध्यानमा राख्दै पश्चिमी रुस क्षेत्रबाट ठूलो संख्यामा स्थानीयहरूलाई विस्थापित गरिएको छ । अहिले थप ५९ हजार मानिसलाई सो क्षेत्र छाड्न भनिएको छ । उक्त क्षेत्रमा करिब २८ गाउँ रहेको स्थानीय गभर्नरले बताएका थिए । लडाइँका क्रममा १२ जना नागरिक मारिएको र स्थिति अझै कठिन रहेको पनि उनले बताएका छन् । युक्रेनी सेना गत मंगलबारदेखि रुस छिर्न थालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप