ललितपुरमा खोलाले बगाएकी बालिकाको शव फेला
मङ्गलबार, २९ साउन २०८१, १० : ४५

ललितपुर । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो ।
काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका-३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएको थियो । उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे । उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उता सिन्धुलीको दुधौली नगरपालिका-९ जितपुर बस्ने ५१ वर्षीय सुरेश मलिकको सोही ठाउँस्थित लखीमा खोलाले बगाएर सोमबार बिहान मृत्यु भएको छ ।
मलामी गएको अवस्थामा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी