फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल र क्यामरुन ग्रिनलाई रिलिज गर्ने तयारीमा आरसीबी
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन सुरु हुन धेरै समय बाँकी नै छ । तर, अहिलेदेखि नै आईपीएलको चर्चा भने सुरु भइसकेको छ ।
आगामी आइपीएलका लागि विगतको तुलनामा केही सयअघि नै मेगा अक्सन हुने भएको छ । यसपटक मेगा अक्सनमार्फत थुप्रै खेलाडी एउटा क्लबबाट अर्को क्लबमा जाने सम्भावना देखिन्छ । मेगा अक्सनअघि नै क्लबहरुले रिटेन गर्ने र रिलिज गर्ने खेलाडीको सूचि सार्वजनिक गर्नुपर्ने हुन्छ ।
मेगा अक्सनको मिति नजिकिँदै गर्दा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले आफ्ना केही चर्चित खेलाडीलाई रिलिज गर्ने (अन्य क्लबमा जान स्वतन्त्र छाड्ने) भएको छ । समाचारमा जनाइए अनुसार, आरसीबीले कप्तान फाफ डु प्लेसिस, अलराउन्डर ग्लेन म्याक्सवेल र क्यामरुन ग्रिनलाई रिलिज गर्ने तयारी गरेको छ ।
आईपीएलको नियम अनुसार, मेगा अक्सनअघि क्लबहरुले केवल चार–चारजना खेलाडीलाई मात्र रिटेन गर्न (आफूसँग राख्न) पाउँछ । यद्दपि, सहभागी क्लबहरुले यसपटक रिटेन गर्न पाउने खेलाडीको सँख्या बढाउनु पर्ने माग राख्दै आएका छन् ।
सहभागी क्लबहरुले रिटेन गर्न पाउने खेलाडीको संख्या ६ पु-याउनु पर्ने माग राखेका हुन् । समाचारमा जनाइए अनुसार, आरसीबीले आगामी सिजनका लागि पूर्वकप्तान विराट कोहली, मध्यक्रमका ब्याट्सम्यान रजत पाटिदार, यश दयाल र तिब्रगतिका बलर मोहम्मद सिराजलाई रिटेन गर्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
-
राप्रपाले पृथ्वी जयन्तीमा चियापनका साथ महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता ऱ्याली गर्ने
-
संविधान अनुसार प्रदेशलाई अधिकार नदिएर बुख्याचा बनाइयो
-
माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा नामसालिङ मावि च्याम्पियन
-
अधिकार पाएको छैन भन्दैमा चुप लागेर बस्ने कुरा आउँदैन : मन्त्री लामिछाने
-
चिटफन्ड घोटालामा शुभमन गिलसहित चार क्रिकेटरको नाम