मिस युनिभर्स नेपाल : टप २५ को स्यास सेरेमोनी सम्पन्न
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतबार हिल्टन काठमाडौँमा शीर्ष २५ प्रतियोगीहरूको स्यास सेरेमोनी सम्पन्न गरेको छ ।
प्रारम्भिक राउन्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्कीले स्यास वितरण गरेका हुन् ।
यसपालिको मिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागिता रहेको छ । त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेसाका महिलाहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको छ ।
कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयङ्का थापालाई ३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई ६, मनिषा परियारलाई ७, स्मृति सिंहलाई ८, एलिना गुरुङलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ति अर्जाललाई १२, ऋतिषा मानन्धरलाई १३ नम्बरको स्यास वितरण गरिएको छ । त्यसै गरी पूजा बास्तोलालाई १४, खुसी दत्तराजलाई १५, आयुषा कार्कीलाई १६, अस्मी ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१, अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुङलाई २४, समृद्धि केसीलाई २५ स्यास वितरण गरिएको छ ।
यी शीर्ष २५ प्रतिस्पर्धीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिस लगायत अन्य राष्ट्रिय प्रशिक्षकहरूले व्यक्तित्व विकास, वाक–कला, पब्लिक स्पिकिङ, वित्तीय व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरू सिकाउनेछन् ।
मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल