आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मङ्गलबार, २९ साउन २०८१, ०९ : ५३

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते