पोखरामा चक्कु देखाएर सुन र पैसा लुटपाट

पोखरा । पोखराको लेकसाइडमा चक्कु देखाएर एक महिलाबाट सुन र पैसा लुटिएको छ । बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका व्यक्तिहरूले २ तोलाको सिक्री र १२ हजार चोरेका हुन् । उनको साथबाट ज्याकेट पनि चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तत्कालै घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो । पोखरा १८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षका रुचाल भन्ने हितमान सार्की, तनहुँको ब्यास घर भइ पोखरा ५ बस्ने १८ वर्षका अनिश भट्ट पक्राउ परेका छन् । उनीहरूको साथबाट ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
यस्तै, सिक्री बेचेर बाँकी रहेको रकम १ लाख ३ हजार ५ सय पनि बरामद गरेको छ । उक्त सिक्री पोखरा ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका सञ्चालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई पनि नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरू सबैलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोप फ्रान्सिसको निधनमा कांग्रेसद्धारा दु:ख व्यक्त
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट चौथो दिन पनि हेर्न नभ्याइने
-
किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?
-
पहलगाम आक्रमणका ३ संदिग्धको स्केच सार्वजनिक
-
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्यो यी १९ निर्णय
-
एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा