यस्तो छ ‘छक्का पन्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’
मङ्गलबार, २९ साउन २०८१, ०७ : ५८

काठमाडौँ । आगामी असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘छक्का पन्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको छ । लोक शैलीमा तयार गीतले दुई व्यक्तिको प्रेमकथा बोल्छ ।
सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ ।
गीतले फिल्मको केही कथा भन्न खोजेको छ । एक राजा र एक रानीको कथालाई फिल्ममा देखाइएको अनुमान गीतबाट पनि लगाउन सकिन्छ ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?