आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

हजमा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिँदै

मङ्गलबार, २९ साउन २०८१, ०७ : ५२
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ । समितिले आज एक सूचना प्रकाशित गर्दै  उक्त रकम फिर्ता गर्न लागिएको जानकारी दिएको हो । 

सन् २०२४ को हजमा नेपालबाट जाने यात्रुहरूबाट नेपाल हज समितिले प्रति व्यक्ति रू चार लाख १५ हजार सङ्कलन गरेकोमा प्रति व्यक्ति रू ३ लाख ९१ हजार ५९३ मात्र खर्च भएकोले  २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्न लागिएको हो । 

हजमा सहभागी सबै हाजीहरूले आफ्नो बैंक खाताको विवरणसहित आवेदकको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा  एक महिना भित्र आफ्नो विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ । 

haj

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप