पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत गरिएको थियो ।
बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुननिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार रु २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुनः निर्माण भएको हो । “मन्दिर पुननिर्माणका लागि रु. १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु. १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भने “रु. चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, रु. एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौ ।”रु. दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमति अनुसार थप रु. एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ ।
अन्नपूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१–८२ मा रु. पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मुर्ति राख्न बाँकी छ ।
मन्दिरभित्र हिन्दु धर्मावलम्बीहरुका भगवान् रामको मुर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मुर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए। हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालीग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र समेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै