बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

युवाहरूको नेतृत्वमा वैद्यको पार्टी विभाजन हुँदै, छिट्टै नयाँ पार्टी घोषणा हुने

सोमबार, २८ साउन २०८१, १८ : ५४
सोमबार, २८ साउन २०८१

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुन लागेको छ । साउन २६ देखि २९ गतेसम्म जारी महाधिवेशन आयोजक समिति बैठकमा संयोजक मोहन वैद्य किरणको कार्यशैलीप्रति असहमति जनाउँदै सचिवालय सदस्यहरु  भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटीको नेतृत्वमा पार्टी विभाजनको घोषणा हुन लागेको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका छन् ।

‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ । यो अन्तर पार्टी जनवाद र विधानको गम्भीर उल्लंघन हो । यसप्रकारको स्थिति विकल्प राजनीतिक प्रस्तावको निषेध मात्र होइन, अपितु एकता महाधिवेशन र समग्र नेपाली क्रान्तिको बलिदान र आगामी विजय माथिको गम्भीर षड्यन्त्र हो । यसले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विघटन एवं दक्षिणपन्थी नवसंशोधनवाद, नवप्रतिक्रियावाद, बुर्जुवा संसदवाद र साम्राज्यवाद विस्तारवादको सेवा गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।  

पार्टीको मूल नेतृत्वले एकता संघर्ष र रूपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधिविरुद्ध विचार, संगठन र समग्र क्षेत्रमा एकता संघर्ष र निषेधको नीति लागू भएकाले क्रान्तिकारी विद्रोह सुनिश्चित गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि साउन १ गते पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला समूह पार्टीबाट अलग भएको थियो ।

को–को हुन् विद्रोह पक्षधर ?

१.संकूल – सचिवालय सदस्य 

२. भाष्कर –सचिवालय सदस्य 

३. वसन्त –सचिवालय सदस्य 

४.अर्जुन –आयोजक समिति सदस्य

५. वर्षा – आयोजक समिति सदस्य

६. विशाल –आयोजक समिति सदस्य

७. रोशी – आयोजक समिति सदस्य

८. सुनिता –आयोजक समिति सदस्य 

Baidhya maoist

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप