बागमती विश्वविद्यालयको उपाध्यक्षका लागि दरखास्त आह्वान
हेटौँडा । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले सार्वजनिक सूचना जारी गर्दै उपाध्यक्ष पदका लागि दर्खास्त आह्वान गरेको हो ।
संरक्षक समितिले विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि १५ दिनभित्र आवेदन पेस गर्ने सूचना जारी गरेको हो । उपाध्यक्षको नियुक्तिका लागि योग्यता पुगेका उम्मेदवारहरूले आगामी भदौ ११ गतेभित्र संरक्षक समितिको सचिवालय हेटौँडा वा उपस्थित हुन नसकेमा इमेल मार्फत आवश्यक कागजातसहित निवेदन पेस गर्न भनेको छ ।
प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिमका कागजातसहित निवेदन पेस गर्न सूचना जारी गरिएको हो । बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष विश्वविद्यालयको प्रशासनिक प्रमुख हुने व्यवस्थाअनुसार नियुक्तिका लागि सूचना माग गरिएको सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेले जानकारी दिए ।
उनका अनुसार बोर्ड अफ ट्रस्टीमा यसअघि ६ सदस्य नियुक्त भइसकेको र त्यसमध्येमा मन्त्रालयको सचिव नै बोर्ड अफ ट्रस्टीको सदस्य सचिव हुने कानुनी व्यवस्था रहेको छ । बोर्ड अफ ट्रस्टीका ५ सदस्यमध्ये एक जना अध्यक्ष नियुक्त हुने व्यवस्थाअनुसार डा.चन्द्रमणि पौडेल अध्यक्ष रहेको उनले बताए ।
उक्त समितिको उपाध्यक्ष सिफारिस समिति गठन गरी सूचना आह्वान गरेको हो । सूचनाअनुसार उम्मेदवारले पेस गर्नुपर्ने कार्य योजना सहितको निवेदन पेस गर्नुपर्नेछ । ५६ वर्ष ननाघेका उम्मेदवारले वैयक्तिक विवरण, विश्वविद्यालयको अवधारणा सहितको व्यावसायिक कार्य योजना, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, न्यूनतम द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको वा सो भन्दा माथिको शैक्षिक योग्यता भएमा सो बमोजिमका प्रमाण पत्रहरूको प्रतिलिपि पेस गर्नुपर्ने भनिएको छ ।
उम्मेदवारले १० वर्ष विश्वविद्यालय अन्तर्गत शिक्षण अनुभव भएको वा सरकारी क्षेत्रको अनुभव भएको, शैक्षिक प्रशासनिक अनुभव भएको, कुनै कानुनले अयोग्य नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् लाभबेला र अमृत बेलासहितको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै