बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दिनदिनै टाउको नुहाउनु हुन्छ ?

सोमबार, २८ साउन २०८१, १७ : ३५
सोमबार, २८ साउन २०८१

काठमाडौँ । जीउ नुहाउनु भन्दा झन्झटिलो हुन्छ टाउको नुहाउन । शरीरमा दलिरहेको साबुन लगाउन मिलेन । स्याम्पु, कन्डिसनर लगाउनु पर्‍यो । 

स्याम्पुमा सरफ्याक्टेन्ट्स र सल्फेट जस्ता केमिकल र कम्पाउन्ड हुन्छ । यसले कपालमा भएको फोहोर, चिल्लोपन सबै हटाउन मद्दत गर्छ । त्यसैले हरेक पटक नुहाएपछि कपाल सफा र चम्किलो हुन्छ । केही दिन नुहाइएन शरीरकै पसिनाका कारण कपाल गनाउन थाल्छ । बाहिरको धुलो, धुवाँका कारण कपाल फोहोर हुन थाल्छ । कपाल चिपचिप वा रुखो हुन थाल्छ ।  

त्यसो भए के हामीले दिन दिनै टाउको नुहाउनु पर्छ ? दिनदिनै टाउको नुहायो भने के हुन्छ ? कपालसम्बन्धी विशेषज्ञहरूले दिनदिनै टाउको नुहाउन चेतावनी दिने गरेका छन् । हरेक दिन टाउकोमा स्याम्पु लगाएर नुहाउँदा यसमा भएको केमिकल कम्पाउन्डले कपाललाई फाइदा भन्दा बढी क्षति गर्छ । कपाल चम्किलो हुने भन्दा पनि झनै सुख्खा र सुख्खा देखिन्छ ।

कति दिनमा कपाल नुहाउने भन्ने कुरा कपालको प्रकारमा पनि भर पर्छ । कपाल सुख्खा खालको छ कि नुहाएको भोलिपल्टदेखि नै तेल चिल्लो निस्किन थाल्छ भन्ने आधारमा यो कुरा निर्धारण गर्न सकिन्छ । सुख्खा कपाल भएकाहरूले हप्तामा एक वा दुई पटक मात्रै नुहाए हुन्छ । तर कपाल चिल्लो वा चिपचिप भइहाल्नेहरूले भने अलि छिटो नुहाउनु पर्छ । कपालको बनावटले पनि कति दिनमा नुहाउनु पर्छ भन्ने कुरा निर्धारण गर्छ ।

खस्रो वा घुम्रिएको कपाल भएकाहरूले हप्तामा एक पटक मात्रै नुहाउँदा पनि हुन्छ । तर चिल्लो र सिधा कपाल भएकाहरूलाई हप्तामा दुई पटक वा सोभन्दा बढी नुहाउन सुझाव दिइन्छ । कपाललाई स्वस्थ र चम्किलो राख्न कपालको प्रकार र बनावट अनुसारको स्याहार दिनु पर्छ । यसका लागि कपाल सुहाउँदो स्याम्पुको प्रयोग पनि उत्तिकै जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप