नेपाल—भारत विदेश सचिवबिच भेट : दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् ।
विदेश सचिव मिस्रीले सोमबार काठमाडौँको नक्सालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकी सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरूको बिचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बिचमा भएका विभिन्न संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए ।
उनले भने, ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरूको बिचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू समग्रमा छलफल भएको हो । खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन । भारतीय विदेश सचिव परिचयात्मक भ्रमणमा आउनुभएको हो । त्यो विषय भएपनि सबै विषयहरू छलफल भएको छ ।’
प्रवक्ता राईले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकी परराष्ट्र सचिवबिचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमति वा समझदारीहरू नभएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म
-
बेंगलुरु र पञ्जाबबिचको खेल १४–१४ ओभरको हुने
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता