बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

हैजा : लक्षण, कारण र जोगिने उपाय

सोमबार, २८ साउन २०८१, १५ : ३०
सोमबार, २८ साउन २०८१

‘भाइब्रियो कोलेरा’ नामक ब्याक्टेरियाका कारण हुने सानो आन्द्राको सङ्क्रमणलाई हैजा भनेर बुझिन्छ । पखालामा अत्यधिक पानी जानुलाई नै सर्वसाधारणले हैजा भनेर बुझ्छन् । अत्यधिक पखालाका कारण केही घन्टाभित्रै शरीरमा जलवियोजन (हाइड्रेसन अर्थात् शरीरमा तरल पदार्थको क्षति) तथा इलेक्ट्रो–लाइटको असन्तुलन गराउँछ । 

हैजाको ब्याक्टेरिया प्रायः दूषित पानी वा खाना, सङ्क्रमित व्यक्तिको दिसा, नदी र तटीय जलमार्गमा पाइन्छन् । 

हैजाको ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्ने माध्यम भनेका पानी र खानेकुराहरू नै हुन् । हैजा प्रायः दूषित पानी र दूषित खानाबाटै फैलिन्छ । 

काँचा फलफूल र तरकारीहरूको सेवनबाट पनि हैजाका ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्न सक्छन् । यस्तै, काँचो वा कम पकाएको समुद्री खानाको सेवनले पनि हैजाको सङ्क्रमण हुन सक्छ । 

हैजाका बिरामीसँग नजिकको सम्पर्कले समेत सङ्क्रमणको जोखिम बढाउँछ । 

हैजाको ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्ने माध्यम भनेका पानी र खानेकुराहरू नै हुन् । हैजा प्रायः दूषित पानी र दूषित खानाबाटै फैलिन्छ ।

लक्षण

हैजाका कारण बिरामीले राम्रोसँग खाना खान सक्दैन र रगतमा चिनीको मात्रा कम हुन्छ । जस कारण कतिपय अवस्थामा बिरामी बेहोस हुन सक्छन् । सङ्क्रमित व्यक्तिले आफ्नो मलमा पोटासियम गुमाउँछन्, जसले न्युरोन र मुटुको कार्यलाई बिगार्न सक्छ ।

अधिकांश हैजाका बिरामीमा मध्यमदेखि गम्भीर लक्षण देखिन्छन् । सङ्क्रमितमध्ये १० प्रतिशतमा हैजाको ब्याक्टेरिया शरीरमा प्रवेश गरेको १२ घण्टादेखि पाँच दिनभित्र गम्भीर लक्षण देखा पर्छन् । लक्षणहरू निम्न छन् -

  • वाक्वाकी लाग्नु ।
  • अचानक पखाला लाग्नु ।
  • हल्कादेखि गम्भीर निर्जलीकरण हुनु ।
  • बान्ता हुनु ।
  • आँखा गढ्नु ।
  • थकान हुनु ।
  • कम मूत्र उत्पादन हुनु ।
  • मानसिक स्थितिमा परिवर्तन आउनु ।
  • मुख सुक्खा हुनु ।
  • छाला खुम्चिनु ।
  • अत्यधिक तिर्खा लाग्नु ।
  • हृदय गति अनियमित हुनु ।
  • रक्तचाप घट्नु ।

बालबच्चामा हैजा हुँदा सामान्यतः वयस्कमा जस्तै लक्षण देखिन्छन् । यद्यपि बालबच्चामा ज्वरो आउनेदेखि गहिरो निद्रा लाग्न सक्छ ।

हैजाबाट जोगिने उपाय

१) धारा वा अन्य पानीको स्रोतबाट सिधै पानी नपिउनुस् । 

२) काँचो वा कम पकाएको माछाको सेवन नगर्नुहोस् । 

३) उमालेको वा रासायनिक प्रशोधन गरिएको पानी मात्र पिउनुहोस् । 

४) खाना पकाउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुन र सफा पानीले हात धुनुहोस् । 

५) उमालेको वा रासायनिक कीटाणुरहित गरिएको पानी मात्र पिउनुहोस् । 

६) खाना पकाउनुअघि र खानुअघि हात राम्ररी धुनुहोस् । 

७) दूषित पानी वा खानाबाट टाढा रहनुहोस् । 

८) राम्रो सरसफाइ र स्वच्छताको अभ्यास गर्नुहोस् । 

९) उच्च जोखिम भएका क्षेत्रमा खोप लगाउने व्यवस्था गर्नुहोस् । 

१०) फोहोरको उचित व्यवस्थापन गर्नुहोस् । 

११) सफा र स्वच्छ शौचालयको प्रयोग गर्नुहोस् । 

१२) सङ्क्रमित व्यक्तिहरूसँग नजिकको सम्पर्कबाट जोगिनुहोस् । 

१३) खाना तयार गर्ने र खाने ठाउँहरूलाई सफा राख्नुहोस् । 

१४) राम्रोसँग पकाएको खाना मात्र खानुहोस् । 

१५) साबुन र सफा पानीले नियमित रूपमा हात धुने बानी बसाल्नुहोस् । 

१६) हैजाको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको परामर्श लिनुहोस् । 

लेखक जनरल मेडिसियन हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्करराज जोशी
पुष्करराज जोशी
लेखकबाट थप