सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
सोमबार, २८ साउन २०८१, १४ : २८
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए । ‘सचिवालयमा पत्र आएको छ । मंगलबार प्रदेशसभाको बैठक पनि छ । मंगलबारको बैठकपछि बुधबार विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुन्छ’, सूचना अधिकारी जैशीले रातोपाटीलाई बताए । शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
-
कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा
-
अक्षयको खुलासा - मलाई भुल भुलैयाबाट निकालिएको थियो
-
आफूलाई अस्पताल पुर्याउने अटो रिक्सा चालकलाई भेटे सैफले
-
वामदेवलाई तत्काल पार्टीमा नल्याउने ‘एमाले नीति’, विद्याबारे मौन
-
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री