ऐश्वर्यासँग सम्बन्ध विच्छेदबारे अभिषेकले के भने ?

नयाँ दिल्ली । केही महिनायता बलिउड कपल अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेद भएको अफवाह चर्किएको छ । दिनँहुजसो यो जोडीबारे केही न केही खबर आइरहेको हुन्छ । यसैबिच अभिषेकले आफ्नो सम्बन्ध विच्छेदबारे मौनता तोडेका छन् । बलिउड युके मिडियासँगको अन्तरवार्तामा उनले आफूले लगाइरहेको बिहेको औँठी देखाउँदै आफू अझै विवाहित रहेको बताएका थिए ।
अभिषेक बच्चनले भने, ‘यी सबै (सम्बन्ध विच्छेद) बारे मलाई भन्नु केही छैन । दुःखको कुरा सबै कुरा नियन्त्रण बाहिर छ । मलाई थाहा छ मानिसहरू किन यसो गरिरहेका छन् । मानिसहरूले कथा चाहिएको छ । ठिकै छ । हामी सेलिब्रेटी हौं, हामी यस्तो कुरा बुझ्छौँ ।’
हालै आफूले सम्बन्ध विच्छेद गरेको भन्दै अभिषेकको डीपफेक भिडियो भाइरल भएपछि अभिषेकको यो अन्तरवार्ता आएको हो ।
मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक मातापिता र बहिनीसँग अनि ऐश्वर्या छोरी आराध्यासँग एक्लै आइपुगेपछि यी अफवाह चर्किएका थिए । यसपछि अभिषेक बच्चनले डिभोर्स सम्बन्धी एउटा पोस्टमा लाइक गर्नु आगोमा घ्यूको काम भयो । यसपछि अभिषेक बच्चनको एउटा भिडियो चाँडै भाइरल भयो । यसमा अभिनेताले पत्नी ऐश्वर्यासँग सम्बन्ध विच्छेद भएको बताएका थिए । तर भिडियो सक्कली थिएन । डिपफेकबाट बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
-
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
-
कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
-
विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
-
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
-
पञ्च महाभूत, दिशा र वास्तु