बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्से सूचक २९ सय अंकमा उक्लियो

सोमबार, २८ साउन २०८१, १३ : ४५
सोमबार, २८ साउन २०८१

काठमाडौँ । निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंकमा उक्लिएको छ । सोमबार दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ४६.३६ अंकले बढ्दै २९०७.२१ विन्दुमा उक्लिएको हो । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो । 

सन् २०२० मा विश्वमा कोभिड–१९ को महामारी चल्दैगर्दा नेपाल समेत प्रभावित थियो । महामारीबाट बच्न करिब १२० दिन लकडाउन गरिएको थियो । उक्त समयमा अन्य व्यापार व्यवसायको क्षेत्र प्रायः ठप्प रहँदा सेयर बजारमा भने राम्रो कारोबार भएको थियो । 

जतिबेला नेप्से सूचक ‘अल टाइम हाई झण्डै ३२ सयको अंकमा पुगेको थियो ।  त्यसयता निरन्तर ओरालो लागेर १८ सयको बिन्दुमा झरिसकेको नेप्से सूचकले पुनः उकालो यात्रा समातेको छ । सोमबारको कारोबार दिनमा नेप्से सूचकको २९ सय बिन्दुको यात्राले थप बढ्ने निश्चित गरेको छ ।

 उसो त अघिल्लो दिन ९४ अंकले नेप्से बढ्दै गर्दा हालसम्मकै उच्च २५ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज पनि करिब २ घण्टाको समयमा १७ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप