हुन्डाईको टेस्ट ड्राइभ एन्ड विन क्याम्पेनमा हात खाली नहुने उपहार

काठमाडौँ । हन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाइ टेस्ट ड्राइभ एन्ड’ क्याम्पेन ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपमध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ।
नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीले जनाएको छ । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ भने यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइने कम्पनीको भनाइ छ ।
त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो। मेड इन नेपाल हुन्डाई भेन्यु 1.2 (S) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु 1.2 (SX) को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ | मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।
श्रावन २८ गतेदिख सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुक ग्राहकले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन्। यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ चजे कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि
-
१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा
-
जीमेल तथा सामाजिक सञ्जालमा तपाईंको पासवर्ड कति बलियो छ ? यी हुन् सबैभन्दा कमजोर पासवर्ड