युट्युबको ट्रेन्डिङ र चर्चामै विवादित गीत
काठमाडौँ । तिजलाई लक्षित गर्दै बजारमा दैनिक थुप्रै गीत भित्रिने गरेका छन् । ती गीतमध्ये थोरै सभ्य र धेरै विकृतिले भरिएका छन् । कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गर्दै धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको देख्न सकिन्छ । यस्ता गीतको आलोचना समेत हुँदै आएको छ ।
सामाजिक सञ्जालमा जति नै आलोचना भए पनि यतिबेला चर्चा र युट्युब ट्रेनिङमा भने त्यस्तै गीतले सफलता हासिल गरेको देख्न सकिन्छ । यो समाचार तयार गर्दासम्म नेपालका गीत संगीतको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा निकै आलोचित गीत ‘बिस्तराले पोल्यो’ रहेको छ । केही सातादेखि सामाजिक सञ्जाल लगायत सबैतिर आलोचित हुँदै आएको यो गीतले युट्युब ट्रेन्डिङको शीर्ष स्थान केही समयदेखि कब्जा गरेर बसेको छ ।
गायिका शान्तिश्री परियार र हरि गिरी बिमर्सीको स्वर र गायक हरिकै शब्द तथा सङ्गीत रहेको गीत भिडियोको कारण विवादित बनेको हो । भिडियोमा हट बेडसिन मोडल सञ्चिता बोलाखेलले दिएकी छन् ।
आलोचित गीतको कुरा गर्दा ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्तराले पोल्यो’, ‘चियर्स बियर’, ‘पोहरदेखि बाझो छ खेत’, ‘सिमीबोडी लौका र चिचिन्डा’, ‘कामी दाइको कस्तो छ घन ठोकाइ’, ‘बुढो विदेश गयो भनी फुई लाउँछे’, ‘मायाको पोको चोखो छ चोखो’, ‘बिहे अगाडि मत दिन्न बरी लै’, ‘बरी लै हल्लाउन मन लाउँछ’, ‘लाजले छोपेको’, ‘हल्लाएरै हो’ लगायत पनि छन् । यी गीतमध्ये धेरैमा ‘अपाच्य’ र ‘दोहोरो अर्थ’ लाग्ने शब्दहरू प्रयोग भएको छ । यी सबै गीत अहिले चर्चामा छ ।
त्यस्तै केही दिनदेखि नयाँ गीत ‘बालेन शाह जस्तो पोइ पाए’ पनि चर्चामा रहन सफल छ । गीतमा स्वर नवीना सिलवाल ‘खुइली’ को रहेको छ । गीतमा शब्द तथा सङ्गीत पनि उनकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ