मन्त्री महर्जनले गरे गौरीटार रङ्गशालाको निरीक्षण
हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडाको गौरीटार रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री महर्जनले सोमबार बिहान हेटौँडा– ६ स्थित गौरीटारमा निर्माणाधीन रङ्गशालाको निरीक्षण गरेका हुन् ।
मन्त्री महर्जनले गौरीटार रङ्गशालामा निर्माणाधीन क्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरीक्षण गरेका छन् । मन्त्री महर्जनले गत वैशाखमा शिलान्यास गरिएको क्रिकेट रङ्गशाला र पौडी पोखरीको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषद्का इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए ।
प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालेको इन्जिनियर बर्तौलाले बताए ।
उक्त रङ्गशालामा पहिलो चरणमा ६०० जना दर्शक क्षमताको एउटा प्यराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने उनले बताए ।
आगामी एक वर्षभित्र सो संरचना निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्कामार्फत् काम भइरहेको प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर बर्तौलाले बताए ।
निरीक्षणपछि मन्त्री महर्जनले समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दवाव दिने बताए । खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन गर्ने उनको भनाई छ । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए ।
उनले रंगशालाभित्र निर्माण भइरहेका २ वटै खेलकुद संरचनाको निर्माणको जिम्मा लिएका कम्पनीका प्रतिनिधिलाई उपस्थित गराउने निर्देशन समेत दिएका छन् । राज्यका निकायका कमजोरी, मन्त्रीहरूको खबरदारी नहुँदा खेलकुदका संरचनाहरू अलपत्र पर्ने गरेकाले त्यसलाई रोक्नुपर्ने उनले बताए ।
केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रङ्गशाला) का रूपमा विकास गर्नेगरी तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म सो रङ्गशाला निर्माणले गति लिन सकेको थिएन । २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास भएको गौरीटार रङ्गशालाको शिलान्यास गरेका थिए । गौरीटार रङ्गशालामा विभिन्न विधा १९ वटा विभिन्न खेलकुद सम्बन्धित संरचना निर्माण गरिने योजनाअनुसार काम सुरु गरिएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको यस रङ्गशालामा फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने परिषद्को योजना थियो ।
देश सङ्घीय संरचनामा गएसँगै रङ्गशाला निर्माणको काम प्रदेश सरकारअन्तर्गत रहेको उक्त आयोजनामा क्रमागतबाट बजेट विनियोजन गरिँदै आएको छ । फुटबल ग्राउन्ड, रनिङ ट्र्याक सिन्थेटिक, भीआईपी प्यारापिट र लाइटिङ गरी ९० करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार पारेर काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ १६ गते बृहत् कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
-
कालो, रातो वा पहेँलो कुन किसमिस बढी स्वास्थ्यकर छ ?
-
२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी
-
देउवाले बोलाए दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठक
-
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
-
कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त