सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
फुटबल पारखीका लागि खुसीको खबर
फुटबल

फुटबल पारखीका लागि खुसीको खबर

धमाधम सुरु हुँदैछन् चर्चित युरोपियन घरेलु लिग फुटबल
सोमबार, २८ साउन २०८१

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा प्रभावशाली लिग मानिन्छ, युरोपियन राष्ट्रहरूमा आयोजना हुने लिगलाई । विश्वका चर्चित लिगहरू युरोपेली राष्ट्रहरूमै खेलिन्छन् । त्यसमध्ये पनि विश्वभर खासगरी पाँचवटा लिगको निकै चर्चा हुने गर्छ ।

इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरिए, फ्रेन्च लिग र जर्मन बुन्डेस लिगा विश्व चर्चित लिग हुन् । यी पाँचवटा लिगका प्रत्येक खेलले विश्वभरका करोडौँ समर्थकलाई आफूतर्फ तान्ने गरेको छ । युरोपेली फुटबल महासंघले यी लिगहरूको नियमन गर्छ ।

1591346046064

यी पाँचवटै लिगका क्लबहरूले निकै ठुलो धनराशि खर्चिएर विश्वभरका प्रभावशाली खेलाडीहरूलाई आबद्ध गर्छन् । विश्वकप, युरोकप, महादेशीय फुटबलजस्ता ठुला प्रतियोगितामा सधैँ यी क्लबका प्रतिनिधिहरू आफ्नो आँखा गडाएर बस्छन् ।

स्पेनिस ला लिगाको यो ९४औँ संस्करण हो । स्पेनिस ला लिगाको स्थापना आजभन्दा ९५ वर्षअघि सन् १९२९ मा भएको थियो । यति लामो इतिहास बोकेको ला लिगामा सधैँ दुई चिर प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड र बार्सिलोनाको दबदबा देखिन्छ ।

यस्ता प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा प्रतिभालाई आफ्नो क्लबमा भित्राउन क्लबहरूबिच तछाडमछाड हुने गर्छ । पछिल्लो समय साउदी अरेबियाको व्यावसायिक लिग र अमेरिकाको मेजर लिग सकर (एमएलएस) ले युरोपियन लिगहरूलाई गतिलो चुनौती दिँदै आएका छन् ।

साउदी लिग र अमेरिकी व्यावसायिक लिगले पनि खेलाडीलाई आबद्ध गर्न निकै ठुलो धनराशि खर्च गर्न थालेका छन् । समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो यसको उदाहरण हुन् । अहिले पोर्चुगलका रोनाल्डो साउदी लिगमा र अर्जेन्टिनाका मेस्सी अमेरिकी लिगमा आबद्ध छन् ।

नयाँ सिजनको युरोपियन लिग सुरु हुने मिति नजिकिँदै गर्दा विश्वभरका फुटबल पारखीहरू पनि अधैर्य बनेका छन् । केही समयको विश्रामपछि यसै साता नयाँ सिजनको युरोपियन लिगहरू सुरु हुँदैछन् । पाँचमध्ये चारवटा चर्चित युरोपेली लिग यसै साता सुरु हुँदैछन् ।

  • स्पेनिस ला लिगा

स्पेनिस ला लिगा युरोपेली राष्ट्र स्पेनको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता हो । ला लिगाको नयाँ सिजन अगस्त १५ तारिखदेखि सुरु हुनेछ । स्पेनिस ला लिगाको आगामी सिजन सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ ।

स्पेनिस ला लिगाको यो ९४औँ संस्करण हो । स्पेनिस ला लिगाको स्थापना आजभन्दा ९५ वर्षअघि सन् १९२९ मा भएको थियो । यति लामो इतिहास बोकेको ला लिगामा सधैँ दुई चिर प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड र बार्सिलोनाको दबदबा देखिन्छ ।

यी दुई क्लबले नै अधिकांश उपाधि जितेका छन् । कुनै समय समकालीन विश्व फुटबलका दुई महान् हस्ती क्रिस्टियोन रोनाल्डो र लियोनेल मेस्सी यी दुई क्लबबाटै व्यावसायिक फुटबल खेल्थे । रोनाल्डो रियल म्याड्रिड र मेस्सी बार्सिलोनामा आबद्ध थिए । त्यतिबेला बार्सिलोना र रियल म्याड्रिडबिचको खेलको विश्वभर धैर्यतापूर्वक प्रतीक्षा हुन्थ्यो ।

बार्सिलोना र रियल म्याड्रिडले मिलेर हालसम्म ६३ पटक ला लिगाको उपाधि जितिसकेका छन् । सबैभन्दा बढी ला लिगाको उपाधि चुम्ने क्लब रियल म्याड्रिड हो । रियल म्याड्रिडले हालसम्म ३६ पटक ला लिगाको उपाधि जितेको छ ।

यसैगरी, बार्सिलोनाले हालसम्म २७ पटक ला लिगाको उपाधि हात पारेको छ । रियल म्याड्रिड २५ पटक र बार्सिलोना २८ पटक उप–विजेतामा समेटिएका छन् । एट्लेटिको म्याड्रिडले हालसम्म ११ पटक उपाधि जितेको छ भने १० पटक उप–विजेता बनेको छ ।

यसका अतिरिक्त एथलेटिक बिल्बाओले आठपटक उपाधि जितेको छ भने सातपटक उप–विजेका रूपमा चित्त बुझाएको छ । भ्यालेन्सियाले ६ पटक उपाधि जितेको छ भने ६ पटक उप–विजेता बनेको छ । रियल सोसिएडाडले दुई तथा डेपोर्टिभो ला कोरुना, सेभिया र रियल बेटिसले एक–एकपटक ला लिगाको उपाधि चुमेका छन् ।

ला लिगाको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी लियोनेल मेस्सी हुन् । उनले बार्सिलोनाको सिनियर टोलीबाट सन् २००४ देखि सन् २०२१ सम्म पाँच सय २० खेल खेल्दै कुल चार सय ७४ गोल गरेका थिए । यो सूचीमा दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । उनले सन् २००९ देखि सन् २०१८ सम्म दुई सय ९२ खेल खेल्दै कुल तीन सय ११ गोल गरेका छन् ।

ला लिगको नयाँ सिजनमा पनि २० टोली सहभागी हुनेछन् । भालाडोलिड, लेगानेस र स्पान्योल दोस्रो डिभिजनबाट माथि उक्लिएका क्लब हुन् । अघिल्लो सिजन काडिज, अल्मेरिया र ग्रानडा भने रेलिगेसनमा पर्दै तल्लो डिभिजनमा झरेका थिए ।

b326f6bc-ecce-48b6-b326-f60789ec2548

रियल म्याड्रिड स्पेनिस ला लिगाको साबिक विजेता हो । रियल म्याड्रिडले ९५ अङ्कसहित ला लिगाको उपाधि चुमेको थियो । अघिल्लो सिजन रियल म्याड्रिड केवल एक खेलमा पराजित भएको थियो । बार्सिलोना ८५ अङ्कसहित उप–विजेता बनेको थियो ।

यो सिजन ला लिगामा आल्भेस, एथलेटिक बिल्बाओ, एट्लेटिको म्याड्रिड, बार्सिलोना, सेल्टा भिगो, स्पान्योल, गेटाफे, गिरोना, लस पाल्मस, लेगानेस, मयोर्का, ओसासुना, रायो भायेकानो, रियल बेटिस, रियल म्याड्रिड, रियल सोसिडाड, सेभिया, भ्यालेन्सिया, भालाडोलिड र भिल्लारियल रहेका छन् ।

यो सिजन पाँचवटा क्लब नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लने छन् । बार्सिलोनाले जाभीलाई हटाएर हान्सी फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको छ । मलोर्काले जाभियर एगुइरेको स्थानमा जागोबा एरास्टेलाई प्रशिक्षक बनाएको छ ।

ओसासुनाले जागोबा एरास्टेको स्थानमा भिसेन्ट मोरेनोलाई प्रशिक्षक बनाएको छ । सेभियाले सान्चेज फ्लोरेसको स्थानमा गार्सिया पिमिएन्टालाई प्रशिक्षक बनाएको छ । लस पाल्मसले गार्सिया पिमिएन्टाको स्थानमा लुइस क्यारियोनलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको छ ।

  • फ्रेन्च लिग

फ्रान्सको सबैभन्दा ठुलो घरेलु लिग प्रतियोगिता हो, फ्रेन्च लिग । फ्रेन्च लिगको नयाँ सिजन अगस्त १६ तारिखदेखि सुरु हुँदैछ । पहिलो श्रेणीको फ्रेन्च लिग सन् २०२५ को मे २२ तारिखसम्म चल्नेछ । फ्रेन्च लिगको यो ८७औँ संस्करण हो ।

विश्वको सबैभन्दा पुरानो घरेलु लिग फुटबलमध्ये फ्रेन्च लिग पनि एक हो । फ्रेन्च लिगको स्थापना आजभन्दा ९४ वर्षअघि सन् १९३० मा भएको हो । सन् २००२ देखि यो पहिलो श्रेणीको फ्रेन्च लिगलाई ‘लिग–१’ को रूपमा सम्बोधन गर्न थालिएको हो ।

फ्रेन्च लिगमा यो सिजन १८ टोलीले मात्र सहभागिता जनाउने छन् । अघिल्लो सिजनमा पनि १८ वटा टोलीले नै सहभागिता जनाएका थिए । पछिल्लो समय फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले एकक्षत्र राज गर्दै आएको छ ।

पीएसजीले सर्वाधिक १२ पटक फ्रेन्च लिगको उपाधि चुमिसकेको छ । पीएसजी नौपटक उप–विजेता बनेको छ । सन् २०२१–२२ सिजनदेखि लगातार उपाधि जित्दै आएको छ । पीएसजी फ्रेन्च लिगको साबिक विजेता पनि हो ।

FQ2XGM5AQNOZXKYXNIFJ6AI6ZQ-001

सेन्ट एटिनले हालसम्म १० पटक फ्रेन्च लिगको उपाधि जितेको छ । सेन्ट एटिन तीनपटक उपविजेता पनि बनेको छ । मार्सिल्लेले पनि नौपटक उपाधि जितेको छ भने १३ पटक उपविजेतामा चित्त बुझाएको छ ।

मोनाको र नान्तेसले आठ–आठ पटक फ्रेन्च लिगको उपाधि जितेका छन् । अघिल्लो सिजनको फ्रेन्च लिगमा पीएसजी ३४ खेलबाट ७६ अङ्क बटुल्दै च्याम्पियन बनेको थियो । पीएसजीले केवल दुई खेलमा हार भोगेको थियो ।

त्यो सिजन प्रभावशाली फ्रान्सेली खेलाडी किलियान एमबाप्पेले पनि पीएसजीबाट खेलेका थिए । यो सिजन भने उनी स्पेनिस क्लब रियल म्याड्रिड पुगेका छन् । ३४ खेलबाट ६७ अंक बटुल्दै मोनाको दोस्रो भएको थियो ।

खासमा, प्रिमियर लिगको नाममा प्रतियोगिता आयोजना हुन थालेको धेरै समय भएको छैन । सन् १९९२ देखिमात्र यो नामबाट लिग आयोजना गर्न थालिएको हो । यद्यपि, इङ्लिस लिग फुटबलको इतिहास भने निकै लामो छ । सन् १८८८ मा इङ्ल्यान्डमा लिग फुटबलको औपचारिक रूपमा सुरुआत भएको हो । त्यतिबेला यसको नाम ‘फुटबल लिग’ राखिएको थियो ।

मेट्ज, लोरियन्ट र क्लेयरमन्ट तल्लो डिभिजनमा घटुवा भएका थिए । आउक्सरे, एंगर्स र सेन्ट एटिन भने आगामी सिजनका लागि माथिल्लो डिभिजनमा उक्लिएका थिए । यो सिजन रिम्स, मार्सिल्ले, लेन्स, स्ट्रासबर्गलगायत सातवटा क्लब नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लने छन् ।

  • इङ्लिस प्रिमियर लिग

इङ्ल्यान्डको सबैभन्दा ठुलो घरेलु लिग फुटबल प्रतियोगिता हो, इङ्लिस प्रिमियर लिग । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्त १७ तारिखदेखि सुरु हुँदैछ । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ ।

खासमा, प्रिमियर लिगको नाममा प्रतियोगिता आयोजना हुन थालेको धेरै समय भएको छैन । सन् १९९२ देखिमात्र यो नामबाट लिग आयोजना गर्न थालिएको हो । यद्यपि, इङ्लिस लिग फुटबलको इतिहास भने निकै लामो छ । 

सन् १८८८ मा इङ्ल्यान्डमा लिग फुटबलको औपचारिक रूपमा सुरुवात भएको हो । त्यतिबेला यसको नाम ‘फुटबल लिग’ राखिएको थियो । सन् १८९२ सम्म यही नामबाट इङ्ल्यान्डको घरेलु लिग सञ्चालन भएको थियो ।  

त्यसपछि सन् १८९२ देखि सन् १९९२ सम्म ‘फुटबल लिग फर्स्ट डिभिजन’ को नामबाट इङ्ल्यान्डको घरेलु लिग सञ्चालन गरिएको थियो । सन् १९९२ मा आएर पुनः नाम परिवर्तन गरी प्रिमियर लिग राखिएको हो । 

‘फुटबल लिग’ का रूपमा इङ्ल्यान्डमा घरेलु लिग सञ्चालन हुँदाका दुई क्लब एभर्टन र सन्डरल्यान्ड अहिले पनि अस्तित्वमा छन् । सन् १८८८–८९ मा पहिलो र सन् १८८९–९० मा दोस्रो संस्करणको उपाधि प्रिस्टन नर्थ इन्ड फुटबल क्ल्बले जितेको थियो ।

त्यसपछि सन् १८९०–९१ सिजनमा तेस्रो संस्करणको उपाधि एभर्टनले हात पारेको थियो । सन् १८९१–९२ सिजनमा भने सन्डरल्यान्डले उपाधि चुमेको थियो । सबैभन्दा बढी प्रिमियर लिगको उपाधि जित्ने क्लब म्यानचेस्टर युनाइटेड हो । 

म्यानचेस्टर युनाइटेडले हालसम्म २० पटक प्रिमियर लिगको उपाधि जितिसकेको छ । म्यानचेस्टर युनाइटेड १७ पटक उप–विजेता पनि बनेको छ । प्रभावशाली इतिहास बोकेको यो क्लब पछिल्लो समय भने खासै लयमा देखिँदैन । सन् २०१२–१३ सिजनपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । 

सर्वाधिक उपाधि जित्ने क्लबको सूचीमा लिभरपुल दोस्रो स्थानमा छ । लिभरपुल १९ पटक च्याम्पियन बनेको छ भने १५ पटक उप– विजेतामा समेटिएको छ । आर्सनलले १३ पटक उपाधि जितेको छ भने ११ पटक उप–विजेता बनेको छ । 

यसैगरी, म्यानचेस्टर सिटीले हालसम्म १० पटक उपाधि जितेको छ भने ६ पटक उप–विजेताका रूपमा चित्त बुझाएको छ । म्यानचेस्टर सिटी प्रिमियर लिगको साबिक विजेता पनि हो । म्यानचेस्टर सिटीले लगातार रूपमा पछिल्ला चार सिजनको उपाधि जित्दै आएको छ । 

daeda4fc-ap24140673532422

यसका अतिरिक्त एभर्टनले नौ, एस्टन भिल्लाले सात तथा सन्डरल्यान्ड र चेल्सीले ६–६ पटक प्रिमियर लिगको उपाधि हात पारेका छन् । न्युक्यासल युनाइटेड र सेफिल्ड वेडनेसडेले पनि चार–चारपटक प्रिमियर लिगको उपाधि चुमेका छन् । 

अघिल्लो सिजनको प्रिमियर लिग निकै रोचक बनेको थियो । अघिल्लो सिजनमा ३८ खेलबाट ९१ अंक बटुल्दै म्यानचेस्टर सिटी च्याम्पियन बनेको थियो । म्यानचेस्टर सिटी केवल तीन खेलमा पराजित भएको थियो । ८९ अंक जोडेको आर्सनल दोस्रो भएको थियो । 

सेफिल्ड युनाइटेड, बर्नली र लुटन टाउन रेलिगेसनमा परेका थिए । लेस्टर सिटी, इप्सविजेत टाउन साउथएम्पटन भने यो सिजन नयाँ टोलीका रूपमा प्रिमियर लिगमा बढुवा भएका हुन् । यो सिजन पनि प्रिमियर लिगमा २० टोली नै सहभागी हुनेछन् । लिभरपुल, चेल्सी, लेस्टर सिटी, वेस्ट हाम युनाइटेड र ब्राइटन यो सिजन नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लने छन् । 

  • इटालियन सिरिए

विश्वको चर्चित लिग फुटबलभित्र इटालियन सिरिए पनि पर्छ । इटालियन सिरिए इटालीको सबैभन्दा ठुलो घरेलु लिग फुटबल प्रतियोगिता हो । इटालियन सिरिएको नयाँ सिजन अगस्त १७ तारिखदेखि सुरु हुँदैछ । इटालियन सिरिएको नयाँ सिजन सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ । 

विश्वको निकै पुरानो घरेलु लिग फुटबल प्रतियोगितामध्ये इटालियन सिरिए पनि एक हो । इटालियन सिरिएको यो १२३औँ संस्करण हो । इटालियन सिरिएको स्थापना आजभन्दा एक सय २६ वर्षअघि स्न १८९८ मा भएको हो । त्यतिबेला क्षेत्रीय टोलीहरुबिच प्रतियोगिता खेलाइन्थ्यो । 

तर, सन् १९२९ देखिमात्र यो प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाउन लागिएको हो । इटालियन सिरिए फुटबलमा युभेन्ट्सको दबदबा रहँदै आएको छ । युभेन्ट्सले हालसम्म ३६ पटक सिरिएको उपाधि चुमिसकको छ । युभेन्ट्स २१ पटक उप–विजेतामा समेटिएको छ ।

इन्टर मिलानले पनि हालसम्म २० पटक सिरिएको उपाधि जितिसकेको छ भने १६ पटक उप–विजेता बनेको छ । मिलान सहरकै अर्को प्रभावशाली क्लब एसी मिलानले पनि १९ पटक सिरिएको उपाधि हात पारेको छ । एसी मिलान १७ पटक उप–विजेता बनेको छ । 

यसैगरी, जेनोआले हालसम्म नौपटक उपाधि जितेको छ भने चारपटक उप–विजेता बनेको छ । टोरिनो, बोलोग्ना र प्रो भर्सेलीले पनि सात–सात पटक उपाधि जितेका छन् । एएस रोमा र नापोलीले तीन–तीन तथा लाजियो र फियोरेन्टिनाले दुई–दुईपटक उपाधि हात पारेका छन् । 

AP24113757166757-1713852505

इटालियन सिरिएको अघिल्लो सिजनको उपाधि इन्टर मिलानले जितेको थियो । साबिक विजेता इन्टर मिलान ३८ खेलबाट ९४ अंक बटुल्दै च्याम्पियन बनेको हो । अघिल्लो सिजनमा इन्टर मिलानले केवल दुई खेलमा हार भोगेको थियो । 

यसैगरी, ७५ अंकसहित मिलान दोस्रो र ७१ अंकसहित युभेन्ट्स तेस्रो भएका थिए । फ्रोसिनन, सासुओलो र सालेर्निटाना रेलिगेसनमा पर्दै तल्लो डिभिजनमा झरेका थिए । पार्मा, कोमो र भेनेजिया भने माथिल्लो डिभिजनमा उक्लिएका थिए । 

नयाँ सिजनको इटालियन सिरिएमा अधिकांश क्लब नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लने छन् । २० मध्ये १४ वटा क्लबले प्रशिक्षक परिवर्तन गरेका छन् । लाजियो, बोलोग्ना, फियोरेन्टिना, नापोली, टोरिनो, युभेन्ट्स, एसी मिलानलगायतका क्लबले प्रशिक्षक परिवर्तन गरेका छन् । 

  • बुन्डेस लिगा

बुन्डेस लिगा जर्मन फुटबलको सबैभन्दा महत्त्वपूर्ण घरेलु लिग प्रतियोगिता हो । यो विश्व फुटबलकै सर्वाधिक पुरानो घरेलु लिगमध्ये एक हो । आगामी सिजनको बुन्डेस लिगा अगस्त २३ तारिखदेखि सुरु हुँदैछ । बुन्डेस लिगाको आगामी सिजन सन् २०२५ को मे १७ तारिखमा सकिने छ । 

बुन्डेस लिगाको इतिहास ६० वर्ष पुरानो छ । सन् १९६३ मा बुन्डेस लिगाको स्थापना भएको थियो । यो प्रतियोगिताको नियमन पनि युरोपियन फुटबल महासंघले गर्छ । बुन्डेस लिगामा १८ वटा टोलीको सहभागिता रहन्छ । सन् १९९२–९३ सिजनदेखि बुन्डेस लिगामा १८ टोलीले भाग लिन थालेका हुन् ।

बुन्डेस लिगामा बायर्न म्युनिखले एकक्षत्र राज गर्दै आएको छ । विश्व फुटबलको प्रभावशाली क्लब बायर्न म्युनिखले हालसम्म ३२ पटक बुन्डेस लिगाको उपाधि चुमिसकेको छ । यो क्लबले हरेक सिजन ठुलो धनराशी खर्चिएर प्रभावशाली खेलाडीलाई आबद्ध गर्ने गरेको छ । 

बायर्न म्युनिख हालसम्म १० पटक बुन्डेस लिगाको उप–विजेता पनि बनेको छ । सर्वाधिक उपाधि जित्ने क्लबको सूचिमा रहेको बोरुसिया डर्टमन्ड बायर्न म्युनिखभन्दा निकै पछाडि छ । बोरुसिया डर्टमन्डले हालसम्म पाँचपटक उपाधि जितेको छ भने नौपटक उप–विजेता बनेको छ ।

यसैगरी, बोरुसिया मोन्चेनग्लाडबाचले पनि हालसम्म पाँचपटक बुन्डेस लिगाको उपाधि चुमेको छ । यो क्लब दुईपटक उप–विजेतामा समेटिएको छ । बेर्डर ब्रेमनले चारपटक उपाधि जितेको छ भने सातपटक उप–विजेता बनेको छ । 

बुन्डेस लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी गर्ड मुलर हुन् । आफ्नो समयका यी प्रभावशाली खेलाडीले बायर्न म्युनिखका लागि चार सय २७ खेल खेल्दै कुल तीन सय ६५ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीले बार्यन म्युनिख र बोरुसिया डर्टमन्डबाट तीन सय ८४ खेल खेल्दै कुल तीन सय १२ गोल गरेका छन् । 

2XIVXYUVZVKNBHMCZRZEXMQHG4-001

बायर लेभरकुजेन बुन्डेस लिगाको साबिक विजेता टोली हो । अघिल्लो सिजन बायर लेभरकुजेनले ३४ खेल खेल्दै कुल ९० अंक बटुलेको थियो । त्यो सिजन बायर लेभरकुजेनले एक खेल पनि नहारी उपाधि आफ्नो पोल्टामा पारेको थियो । 

यसैगरी, भीएफबी स्टुटगार्ट दोस्रो भएको थियो । स्टुटगार्टले ७३ अंक हात पारेको थियो । अघिल्लो सिजन साल्के ०४ र हेर्था बर्लिनर रेलिगेसनमा परेका थिए भने एफसी हिडनहिम र डर्मस्टाड माथिल्लो डिभिजनमा उक्लिएका थिए । 

आगामी सिजन १० वटा बुन्डेस लिगा क्लब नयाँ प्रशिक्षकसहित मैदानमा देखा पर्नेछन् । युनियन बर्लिन, मिन्ज ०५, युनियन बर्लिन, उल्फ्सबर्ग, अग्सबर्ग, बोरुसिया मोन्चेनग्लाबाचले यो सिजन प्रशिक्षक परिवर्तन गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया