‘प्रेग्नेन्ट कार’ : चीनमा भाइरल बनेका भिडियोको के हो वास्तविकता ?

बेइजिङ । हालैका दिनमा चीनमा गर्मी बढेको छ । पछिल्ला ८० दिनयता त्यहाँ लू चलिरहेको छ । देशका २६० भन्दा धेरै क्षेत्रमा तापमान ४० डिग्रीभन्दा माथि उक्लिएको छ ।
यतिबेला चीनको एउटा घटनाले सारा विश्वको ध्यान खिचिरहेको छ । बेलुन फुलेझैं कारका बाहिरी हिस्सा ठाउँ ठाउँमा फुलिरहेका तस्बिर र भिडियोहरू बाहिर आइरहेका छन् । मानिसहरूले यी कारलाई प्रेग्नेन्ट कार भनेका छन् । गर्मीका कारण कारकोे बाहिरी सतहमा लगाइएको प्रोटेक्टिभ पेन्ट फुल्दा सो आकृति बनेको हो ।
कारमा लगाइने प्रोटेक्टिभ फिल्मले निश्चित स्तरसम्म मात्रै गर्मी सहन सक्छ । सहन सक्ने भन्दा धेरै गर्मी भयो भने तावामा रोटी उक्सिएझैँ सो सतह उक्सिन थाल्छ । यतिबेला माइक्रोब्लगिङ वेबसाइटमा यस्ता भिडियो भाइरल भइरहेका छन् । यो भिडियो हेरेर केहीले चीनमा मात्रै होइन जर्मनीमा पनि कार गर्भवती भइरहेको भनेर त्यहाँको गर्मीको मजाक उडाएका छन् । यी घटनाले चीनको बजारमा नक्कली कार पेन्ट प्रोटेक्शन फिल्मको चर्चा पनि शुरु भएको छ ।
गर्मीका कारण चीनमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ । सयौँ मानिस बिरामी भएका छन् । जुलाईमा चीनमा भयानक गर्मी देखिएको थियो । अगस्ट ३ मा हाङ्गझोउमा पारा ४१ दशमलव ९ डिग्री सेल्सियसमा पुगेको थियो । गर्मीका कारण त्यहाँ ५० र ६० वर्षका २ जनाको मृत्यु भएको थियो । १३ जुन देखि चीनमा लगातार लू चलिरहेको छ । सन् १९६१ यता चीनमा यो सबैभन्दा खतरनाक लू हो । यस अघि सन् २०२२ मा पनि त्यहाँ भयानक गर्मी देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा