विदेश जाने मात्र होइन, स्वदेश फर्किनेको सङ्ख्या नि उच्च छ : उपमेयर डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरू बिदेसिने सङ्ख्यासँगै स्वदेश फर्किनेको सङ्ख्या पनि उत्तिकै बढेको बताएकी छन् ।
आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरूका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘बिदेसिने युवाहरूको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किने युवाहरूको पनि बाक्लो छ । युवाहरू विदेशबाट फर्किँदा पुँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’
साथै उनले युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरूको लागि व्यवहारिक योजनाहरू पनि ल्याउनुपर्ने बताइन् ।
उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।
उनले भनिन्, ‘धेरै जना युवाहरू उच्च शिक्षाको लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको पनि सपना भइसकेको छ । त्यसैले क्रियाकलापलाई हामीले रोक्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
-
पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?