पोजका लागि शाहरुख खानले दिए वृद्धलाई धक्का
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानको आलोचना भइरहेको छ । स्विट्जरल्याण्डमा भएको ७७ औँ लोकार्नाे फिल्म फेस्टिभलमा उनलाई करियर अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो ।
उक्त अवार्डबाट सम्मानित हुने शाहरुख पहिलो भारतीय सेलिब्रेटी बनेका छन् । अवार्ड पाएपछि शाहरुखले दिएको भाषणले पनि फिल्म फेस्टिभलमा धेरैको मन जितेको थियो ।
तर त्यहाँबाट भाइरल भएको अर्को भिडियो हेरेर निटिजनहरूले शाहरुखको व्यापक आलोचना गरिरहेका छन् । भिडियोमा शाहरुख खानले एक वृद्धलाई धकेलेको देख्न सकिन्छ ।
भिडियो ७७ औँ लोकार्नाे फिल्म फेस्टिभलको रेड कार्पेटमा सोलो पोज दिनु अघिको हो । फोटो खिचाउने क्रममा अभिनेताले एक वृद्धलाई आफ्ना दुवै हातले पछाडि धकेलेको भिडियोमा देख्न सकिन्छ ।
यतिबेला उनको अनुहारमा हल्का मुस्कान पनि देख्न सकिन्छ । भिडियो हेर्दा शाहरुख खानले ठट्टा गरेको हो कि जस्तो लाग्छ । तर नेटिजनहरूले शाहरुखको त्यो व्यवहार मन पराएका छैनन् ।
‘शाहरुख खानले एक वृद्धलाई धक्का दिए । तिमीलाई त लाज लाग्नुपर्ने हो शाहरुख ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक प्रयोगकर्ताले शाहरुखको यो भिडियो शेयर गर्दै लेखेका छन् ।
एक्स युजरहरूले यो भिडियोमा व्यापक टिप्पणी र गाली बर्साइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल
-
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु
-
धनुषाधामप्रति श्रद्धालुका अनेक विश्वास
-
निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार