झापाबाट पेस्तोलसहित युवक पक्राउ
सोमबार, २८ साउन २०८१, ११ : ११

काठमाडौँ । झापाको दमकबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर छन् ।
सोमबार दमक नगरपालिका–५ मा को।३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट प्रहरीले ‘मेड इन इटली’ लेखिएको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा