बिहारको जहानाबादमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु
सोमबार, २८ साउन २०८१, ११ : ०५

नयाँ दिल्ली । बिहारको जहानाबाद जिल्लास्थित एक मन्दिरमा सोमबार भागदौड मच्चिएको छ । बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य १० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको थियो । ‘यो दुःखद घटना हो । सबै व्यवस्था मिलाइएको थियो । हामी अवस्थाको अध्ययन गरिरहेका छौँ । अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । १० भन्दा बढी घाइते छन् ।’
जहानाबाद एसडीओ विकास कुमारले भनेका छन् । स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको र छिटै शव पोष्टमर्टमका लागि पठाइने बताइएको छ । घाइतेहरूको जहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म