बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
साउनको अन्तिम सोमबार : तस्बिरमा यस्तो देखियो पशुपति
फोटोफिचर

साउनको अन्तिम सोमबार : तस्बिरमा यस्तो देखियो पशुपति

सोमबार, २८ साउन २०८१

काठमाडौं । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

saune sombar (1)

पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । आज साउनको चौथो अर्थात् अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ । 

saune sombar (2)

सोमबारको उपवासले मानिसको इच्छा अनि आकाङ्क्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनी सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

saune sombar (3)

पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।      

saune sombar (4)

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । 

saune sombar (5)

भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन् । काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायत देशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।

saune sombar (6)saune sombar (7)saune sombar (8)saune sombar (9)saune sombar (10)saune sombar (11)saune sombar (12)saune sombar (13)saune sombar (14)saune sombar (15)saune sombar (16)saune sombar (17)saune sombar (18)saune sombar (19)saune sombar (20)saune sombar (21)saune sombar (22)saune sombar (23)saune sombar (24)saune sombar (25)saune sombar (26)saune sombar (27)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया