यस्तो रह्यो पेरिस ओलम्पिकको अन्तिम पदक तालिका

पेरिस । पेरिस ओलम्पिक २०२४ समापन भएको छ । प्रतियोगिताको अन्तिम दिन अमेरिकाको महिला बास्केट बल टोलीले फ्रान्सलाई हराएर स्वर्ण पदक जित्न सफल भयो । योसँगै अमेरिकाले अन्तिम पदक तालिकाको शीर्ष स्थान कब्जा जमाएको हो ।
अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकसहित कूल १ सय २६ पदक जित्यो । उता, चीनले पनि समान ४० स्वर्ण पदक जिते पनि उसको कूल पदक ९१ मा सीमित रह्यो । चीनले २७ रजत र २४ कांस्य हात पार्यो ।
तेस्रो स्थानमा रहेको जापानले कूल ४५ वटा पदक जित्यो । यसमा २० स्वर्ण, १२ रजत र १३ कांस्य पदक समावेश छन् । यस्तै, १८ स्वर्ण पदकसहित अस्ट्रेलिया चौथो स्थानमा रह्यो । टोलीले १९ रजत र १६ कांस्य पदकसहित कूल ५३ वटा पदक जित्यो ।
आयोजक फ्रान्सले पाँचौँ स्थान कब्जा गर्न सफल भयो । फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कूल ६४ वटा पदक हात पार्यो ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः नेदरल्यान्ड्स (१५ स्वर्ण), बेलायत (१४ स्वर्ण), दक्षिण कोरिया (१३ स्वर्ण), इटाली (१२ स्वर्ण) र जर्मनी (१२ स्वर्ण) रहेका छन् ।
दक्षिण एसियाली राष्ट्रमा पाकिस्तानले एक्लो स्वर्ण जित्यो । भारतले १ रजत र पाँच कांस्यसहित कूल ६ वटा पदक हात पार्यो । नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका पदकविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी