बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

इमान्दारिता नभए विज्ञताको अर्थ छैन : नारायणमान बिजुक्छेँ

आइतबार, २७ साउन २०८१, २२ : १५
आइतबार, २७ साउन २०८१

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जुनसुकै पेशा, व्यवसाय तथा क्षेत्रमा  इमान्दारिता सबैभन्दा  ठूलो विषय भएको बताएका छन् ।

निओ फ्युजन स्कुल अफ कम्प्युटरले आयोजना गरेको पुरस्कार वितरण एवं अभिनन्दन कार्यक्रममा उनले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार हुन अत्यन्तै जरुरी रहेको बताए । अनुशासन छैन भने विज्ञताको कुनै अर्थ नहुने उल्लेख गर्दै उनले युवा पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उनले नेपालको वरिष्ट पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरेका थिए । साथै विभिन्न विधामा निःशुल्क प्रशिक्षण दिने प्रशिक्षकहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।

संस्थाले यसवर्ष एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४६० जनालाई विभिन्न १० वटा तालिम दिएको जनाएको छ । संस्थाले हालसम्म विभिन्न विधामा छ हजार सात सय ८० जनालाई विभिन्न तालिम प्रदान गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप