१५ महिनामा काठमाडौँ महानगरपालिकाले दियो ४३ हजारलाई निःशुल्क कानुनी सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको १५ महिनामा करिब ४३ हजार व्यक्तिलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ ।
न्यायिक सहजकर्ताले सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक पर्ने कानुनी र प्रशासनिक सेवा उपलब्ध गराएका हुन् । न्यायिक समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिँदै भनिन्, ‘उपलब्ध गराइएका सेवामा, कानुनी लिखत तथा अन्य लिखत तयार गर्ने, मौखिक कानुनी तथा न्यायिक परामर्श, अन्य (प्रशासनिक) सेवा उपलब्ध गराइएको हो ।’
कानुन तथा मानव अधिकार विभागले आयोजना गरेको ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रममा सहज न्यायिक पहुँचका विषयमा कुरा गर्दै उनले, महानगरपालिकाले थालेको वडामा विवाद दर्ता गर्ने प्रणाली, महिला सञ्जाल गठन, मेलमिलाप कक्ष स्थापना, मेलमिलापकर्ता सूचीकृत, निःशुल्क कानुनी सेवाजस्ता कार्यक्रमले, भौगोलिक, प्रक्रियागत र प्रशासनिक रूपमा सहज न्यायिक पहुँच सुनिश्चित भएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य