एमाले गण्डकीले बनायो बोर्ड समिति
आइतबार, २७ साउन २०८१, २० : ३९

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलले बोर्ड समिति गठन गरेको छ । संसदीय दलको बैठकले दलका नेता खगराज अधिकारीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र सचेतक देवका पहारी पदेन छन् । यस्तै, लिलाबहादुर थापा, भीम कार्की, बेदबहादुर गुरुङ, सीता सुन्दास, सुधीर पौडेल र पद्या जिसी समितिको सदस्य छन् ।
बोर्ड समिति संसदीय दलको विधान अनुसार गठन भएको हो । दलभित्र आइपरेका समस्या समाधानका लागि समितिले काम गर्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर