आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवा र भारतीय  विदेश सचिव  मिस्रीबिच भेटवार्ता

आइतबार, २७ साउन २०८१, २० : १०
आइतबार, २७ साउन २०८१

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय  विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।  

उनीहरूबिच आइतबार साँझ देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो । 

भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जानकारी दिएको छ । 

सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर विदेश सचिव मिस्री साँझ भारत फर्किने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप