‘संविधान पुनरावलोकन आयोग’ गठन गर्न उपेन्द्रको प्रस्ताव
_kvAMXE6Uvc.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले सो प्रस्ताव अघि सारेका हुन् ।
आयोगमा संविधानका विज्ञहरू रहनुपर्ने उनले बताएका छन् । ६१ बुँदे प्रस्तावअन्तर्गत संविधान संशोधनसम्बन्धी बुँदामा उनले लेखेका छन्, ‘समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरी राय सुझाव र सिफारिसका आधारमा संविधान संशोधन गर्ने ।’
यसैगरी संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा राष्ट्रपतीय प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव छ । समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।
यस्तै, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड लगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
प्रदेशहरूको नामकरण गर्दा पनि पहिचान झल्कने गरी गर्नुपर्ने उनले बताएका छन् । यता, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?