एक महिना पुग्न लाग्दासमेत बसेन समाजवादी मोर्चाको बैठक, कहाँ पुग्यो प्रतिवेदन लेखन ?

काठमाडौँ । समाजवादी मोर्चाको बैठक केही दिनमा बस्ने भएको छ । प्रचण्ड नेतृत्वको सरकार असार २८ गते ढलेपछि साउन १ गते पहिलोपटक मोर्चाको बैठक बसेको थियो ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगरमा बसेको उक्त बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी अगामी योजना तयार गर्न कार्यदललाई १५ दिनको समय दिएको थियो । तर एक महिना पुग्न लाग्दासमेत कार्यदलले प्रतिवेदन बुझाएकाे छैन ।
प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यदलका सदस्य एवं नेपाल समाजवादी पार्टी (नेसपा) महिन्द्रराय यादव समूहका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ आइतबार काठमाडौँ आउँदैछन् । श्रेष्ठका अनुसार प्रतिवेदन करिब तयार भए पनि अन्तिम रूप दिन बाँकी रहेको छ । काठमाडौँ आएपछि सोमबार वा मङ्गलवारसम्म प्रतिवेदन बुझाउने तयारी भएको उनले जानकारी दिए ।
‘करिब करिब प्रतिवेदन तयार भएको छ । मोर्चाका अन्य घटकसँग थप छलफल गरेपछि अन्तिम रूप दिइन्छ । सोमबार वा मङ्गलवारसम्म प्रतिवेदन बुझाउँछौँ होला’, रातोपाटीसँग श्रेष्ठले भने । यता मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पश्चिम नेपालको कार्यक्रम सकेर आइतबार नै राजधानी आउँदैछन् । सबै दलसँग सल्लाह गरेर केही दिनमै बैठक बस्ने विप्लवको सचिवालयले जनाएको छ ।
कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधनसहितको सहमति गरेपछि झस्किएका मोर्चा आबद्ध दलहरूले सरकारविरुद्ध सदन र सडकबाट सशक्त प्रतिकार गर्ने गरी कार्यक्रम बनाउन लागेको छ ।
मोर्चाबाट उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाहिरिएपछि नेसपा यादव समूह भित्रिएको हो । कार्यदलमा नेसपाबाट श्रेष्ठसहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेकपाबाट खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोर्कापण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा