विशेष अदालतद्वारा कार्यालय प्रमुख रिमालसहित पाँच जना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
विशेषले कार्यालय प्रमुख राजीव रिमाल, तेजबहादुर शाही, हिराबहादुर शाही, तीर्थबहादुर शाही र नरबहादुर लावडलाई दोषी ठहर गरेको हो । विशेषले लावडलाई ६ महिना कैद र रिमाललाई ३ महिना कैदको फैसला सुनाएको छ भने अन्यलाई कैद ठहर भएको छैन ।
विशेषले सबै प्रतिवादीबाट बिगो ५ लाख ६१ हजार ४ सय ८१ रुपैयाँ असुल गर्ने ठहर गरेको छ भने जरिवाना फरक फरक निर्धारण गरेको छ। विशेषले लावड बाहेक तेजबहादुर, हिराबहादुर र राजीवलाई समान जरिवाना १ लाख १२ हजार २ सय ९६ भराउने भनेको छ। तर लावडलाई १ लाख ३२ हजार २ सय ९६ रुपैयाँ भराउने फैसलामा भनेको छ । अख्तियारले २०८१ वैशाख २ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनियर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर