अमिर खानले अभिनयबाट संन्यास लिने

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानले अभिनयबाट संन्यास लिने भएका छन् । हालै भारतको सर्वोच्च अदालतमा आमिर खानको फिल्म ‘लापता लेडिज’ देखाइएको थियो ।
सोही क्रममा आमिरले अभिनय क्षेत्रबाट सेवा निवृत्त हुनेबारे कुराकानी गरेका हुन् । ‘कोरोना भाइरसको महामारीको समयमा मैले फिल्म प्रडक्सन नै आफ्नो करियरको अन्त्य हुने महसुस गरेको थिएँ । म त्यतिबेला ५६ वर्षको थिएँ । यी वर्षमा मेरो उमेर अरू बढी सकेको छ । शायद आफ्नो काम देखाउन मसँग अब १५ वर्ष जति बाँकी होला,’ आमिरले भनेका थिए ।
अबका वर्षमा आफूले वर्षमा एउटा मात्रै फिल्म खेल्ने पनि उनले बताए । तर निर्माताको रूपमा भने आफूलाई दम छ जस्तो लागेका सबै कथा कहानी देखाउन सक्ने उनले बताए । आमिर खानले प्रायः बलियो सन्देश भएका फिल्महरू मात्रै गर्छन् ।
फिल्म निर्माण गरेर आफूले नयाँ नयाँ आवाज र कहानीलाई मौका दिने उनको भनाइ छ । वर्षमा ४५ वटा जति फिल्म बनाउँछ भन्ने आफूले सोचेको पनि उनले बताएका छन् । ओटीटी प्लेटफर्ममा रिलिज भएको लापता लेडिजलाई दर्शकहरूले निकै मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)