आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतीय सचिव मिस्री र प्रधानमन्त्रीबिच भेटवार्ता

आइतबार, २७ साउन २०८१, १७ : ०८
आइतबार, २७ साउन २०८१

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  आइतबार अपराह्न विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिएका थिए । त्यस्तै भेटका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गरेका थिए । आज नै परराष्ट्र सचिव सेवा लम्सालले मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप