अब जलनको उपचार निःशुल्क : स्वास्थ्यमन्त्री
आइतबार, २७ साउन २०८१, १६ : ३८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनकाे उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् ।
प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनले बताए । मन्त्री पौडेलले बर्सेनि एक पटक राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण हुने समेत बताए ।
सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री