गृहमन्त्रीले भने- यसवर्ष मनसुनका कारण ४४ जना बेपत्ता
आइतबार, २७ साउन २०८१, १६ : ३०

काठमाडौँ । यसवर्ष मनसुन सुरु भएसँगै आएको बाढी र पहिरोमा परेर ४४ जना बेपत्ता भएका छन् । गृहमन्त्री रमेश लेखकले आइतबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा त्यसबारे जानकारी गराएका हुन् । उनले भने, ‘यसवर्ष मनसुनका कारण १७० जनाको मृत्यु र ४४ जना बेपत्ता भएका छन् ।
गत वर्षहरूमा भन्दा यसवर्ष मनसुनजन्य घटनाहरूमा वृद्धि भएको उल्लेख गर्दै लेखकले सरदर भन्दा यसपटक ४८ दशमलव ५ प्रतिशत धेरै वर्षा भएको बताए । जेठ २८ पछि मनसुन सुरु भएयता प्राकृतिक विपद्मा परेर १९७ जना घाइते भएका छन् ।
देशभर बाढी, पहिरो, वर्षा र चट्याङका २१२ घटना भएको लेखकले जानकारी दिए । यसवर्ष मनसुन जन्य विपद् उद्धारमा सेना, प्रहरी र सशस्त्रका १८ जना ७७७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
-
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ
-
काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो
-
पहिलो पटक भियतनाम, मलेसिया कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव