बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लोकतन्त्र दलतन्त्रले सिध्यायो, अब तेस्रो जनआन्दोलन गर्नुपर्छः साह

आइतबार, २७ साउन २०८१, १५ : ४५
आइतबार, २७ साउन २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताएका छन् । ‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, आजपा अध्यक्ष साहले भने । 

शाहले निरन्तर अहिलेको व्यवस्थाले जनताको हित नहुने भन्दै जनता जाग्नुपर्नेमा जोड दिँदै आएको छ ।  यसका लागि विद्यार्थी, श्रमजीवी मजदुरलगायतलाई परिचालन गरेर अघि बढिनुपर्ने साहको जोड छ। 

उसो त युवाहरूको बलियो सङ्गठन आइटी आर्मी गठन गरेर अर्धसैन्य अभ्यास गर्दै अगाडी बढेका साहले गत २४ चैत २०८० मा काठमाडौँमा एक बृहत् सभा गरेका थिए । २४ चैतमा आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उद्घोष गरेका साहले त्यस यता बैठक, सभा, भेला लगायतका विभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् । 

950dd449-8bb7-41e9-ab46-2129f9246e91

 शनिवार आजपाको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा कवाड व्यवसायीसँग साहले बैठक गरे । सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीलाई दुख दिन थालेपछि उनीहरूलाई साहले साथ दिएका थिए । साहकै सहयोगमा काठमाडौँमा कवाड व्यवसायीले पटक पटक प्रदर्शन गर्दै आएका छन् । 

यस्तै आजपा अध्यक्ष सा शनिबार नै बोलबम कवरिया संघको कालीमाटी स्थित कार्यक्रममा समेत सहभागी भए । भोलेनाथ बोलबम कवरिया संघको कार्यक्रममा सहभागी भएका साहले आयोजित मोटरसाइकल र्‍यालीको रिबन काटेर उद्घाटन मात्रै गरेनन् । धर्म, संस्कृतिको जगेर्नाका लागि सङ्घर्षमा उत्रिन आह्वान समेत गरे । विभिन्न समूह एवं अतिवादी समूहहरूबाट हिन्दु धर्ममाथि भइरहेको आक्रमण, विरोधलाई प्रतिकार गर्दै आफ्नो धर्म, संस्कृतिलाई जोगाउनुपर्ने उनले बताए । 

1a8ae3b4-6d98-4fff-9559-bc7684709344

कवरिया संघको कार्यक्रम सकेर साह  जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा आयोजित आजपा निकटको आम ट्रेड  युनियन फेडरेसनको काठमाडौँ उपत्यका विशेष भेला कार्यक्रममा सहभागी भए । जोरपाटी पुगेका साहले त्यहाँ मजदुरको हकहितका लागि सडक सङ्घर्षमा उत्रिन मजदुरलाई आह्वान गरे । नेपालको उधोग व्यवसाय धरासायी बन्दै गइरहेको र सरकारमा सहभागीहरू भ्रष्टाचारमा डुबेकाले अब मजदुरहरूले ढिला नगरी आन्दोलनमा उत्रिनुपर्ने उनले बताए । 

यसैगरी उनी सिनामंगल स्थित सेन्ट्रल कलेज पनि पुगे । सिनामंगलमा आम ईन्जिनियर्स एण्ड टेक्निकल एसोसिएसनको राष्ट्रिय भेलामा सहभागीलाई सम्बोधन गर्दै विद्यार्थीलाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिए । देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएको बताउँदै साहले बङ्गलादेशबाट पाठ सिकेर भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताए ।

अहिले नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी साहले गरे । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब विद्यार्थी, मजदुर, व्यवसायी सहितकाले सामूहिक रूपमा सडक सङ्घर्षमा उत्रिनमा ढिलाइ गर्न नहुने बताए । 

57710cff-7259-47b7-8fdf-4c7277c2204b

आजपा अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प नभएको बताए । दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउँदै उनले भने, ‘एक त देशमा लोकतन्त्र नै छैन । लोकतन्त्र देखाउने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको सङ्केत गरेको छ ।’ 

f2f3f2c5-f0e4-4b94-8c54-f90abe6ebe82

लोकतन्त्र बचाउनका लागि काँग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका काँग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

अहिलेको व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नुपर्ने बताए । काँग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप उनले लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप