आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन

आइतबार, २७ साउन २०८१, १५ : ००
आइतबार, २७ साउन २०८१

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाल भाषा परिषद्को भवन उद्घाटन गरेका छन् ।

भूकम्पपछि भारतको अनुदान सहयोगमा सो भवन निर्माण भएको हो । सचिव मिस्रीको नेपाल भ्रमणको अवसरमा भवनको उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिव मिस्री आइतबार नेपाल भ्रमण आएका हुन् । बिहान नेपाल आइपुगेका उनले भारतीय दूतावासमा वृक्षारोपणका साथै कर्मचारीहरूसँग छलफल पनि गरेका छन् ।

आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने बताइएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप