श्रीलंकामा राष्ट्रपति निर्वाचन : पुनरागमनको दाउमा राजापाक्ष गुट

कोलम्बो । श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलो पटक राष्ट्रपतिको निर्वाचन हुँदैछ । यो निर्वाचनमा कुनैबेला श्रीलङ्काको राजनीतिमा शक्तिशाली मानिँदै आएको राजापाक्ष परिवारले आफ्नो उम्मेदवार उठाएकाे छ ।
महिन्दा राजापाक्षका ३८ वर्षका छोरा नमल राजापाक्षलाई श्रीलङ्का पिपल्स फ्रन्ट (एसएलपीपी) ले आफ्नो उम्मेदवार खडा गरेको छ । निर्वाचन आगामी सेप्टेम्बर २१ मा हुँदैछ ।
झन्डै दुई दशकसम्म देशको राजनीतिमा हालीमुहाली गरेपछि सन् २०२२ मा जनताले उनीहरूको सत्ता ढालेका थिए । सन् २०२२ को मे मा प्रधानमन्त्रीको तेस्रो कार्यकाल चलिरहँदा महिन्दा सत्ता छाडेर विदेश पलायन हुन बाध्य भएका थिए ।
त्यतिबेला राष्ट्रपति रहेका उनका भाइ गोतबाया राजापाक्ष पनि ज्यान जोगाउन विदेश भागे । सो समयमा युवा तथा खेलकुद मन्त्री रहेका नमल पनि राजीनामा दिन बाध्य भए ।
नमललाई अगाडि सारेर राजापाक्ष गुट श्रीलङ्काको राजनीतिमा फर्किने दाउमा रहेको विश्लेषण गर्न लागिएको छ । आगामी चुनावमा राजापाक्ष परिवारको तर्फबाट कुनै उम्मेदवार खडा गरिएन भने आफ्नो विरासत र वंशज सृजना गर्ने उनीहरूको प्रयास असफल हुने कोलम्बोस्थित बौद्धिक समूह सेन्टर फर पोलिसी अल्टरनेटिभ्स (सीपीए) का कार्यकारी निर्देशक पाईकियासोथी सर्वानामुत्तुले बताए ।
नमलको काँधमा आफ्नो परिवारलाई अझै पनि जनताको समर्थन छ भन्ने प्रमाणित गर्ने कठिन चुनौती रहेको उनको भनाइ छ । तर अर्काथरी विश्लेषकहरूले भने राष्ट्रपतिमा नमलको उम्मेदवारीलाई अझै आफू सामु कुनै मौका छ कि भनेर राजापाक्ष परिवारले हेर्नका लागि प्रयोग गरिएको बताउँदै आएका छन्।
नमलसँग आफ्नो पिताको जस्तो चमत्कारी व्यक्तित्व नरहेको र महिन्दा राजापाक्ष अनि उनको परिवारको राजनीतिलाई समर्थन गर्नेले उनलाई समर्थन गर्छन् कि गर्दैनन् भनेर हेर्न बाँकी रहेको सर्वानामुत्तुकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय