भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । समितिको आइतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सुरु गरेको हो ।
दफावार छलफल सुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरूले आफ्नो संशोधनको ब्यहोरा राखेका थिए ।
सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदहरूले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताएका थिए । लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रस्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाएका थिए । सांसदहरूले प्रस्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रस्ताव नगरेपछि बैठकले प्रस्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।
विधेयकको प्रस्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसद्ले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ । संक्षिप्त नाम र प्रारम्भमा “यस ऐनको नाम ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन २०७६’ रहेको छ” भनी उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।
समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरूको सन्दर्भमा आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
-
मल्टिस्टारका कारण ट्रेन्डिङमा ‘पिताम्बर’ ट्रेलर
-
बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि
-
बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द
-
माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो