कमला पुलको निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीलाई सात दिनको अल्टिमेटम
काठमाडौँ । हुलाकी सडक कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषा जोड्ने कमला पुल पुनः निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेको छ । सो समितिले आइतबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएको छ । सात दिनभित्र माग पुरा नभए भदौ ४ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनसन बस्ने चेतावनी समेत समितिले दिएको छ ।
निर्माण भइसकेको कमला पुल सञ्चालनमा नआउँदै भासिएपछि अझै पुनः निर्माण भएको छैन । निर्माण कम्पनीले काम हुँदैछ भने पनि हालसम्म पुल निर्माण नभएको सङ्घर्ष समितिका संरक्षक रामरिझन यादवले बताए ।
हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल २०७८ असारमा भासिएको थियो । पुल भासिएको तीन वर्ष भए पनि त्यसको पुनः निर्माण भएको छैन । सो पुल निर्माणका लागि प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूले पटक–पटक प्रतिबद्धता जनाए पनि निर्माण हुन सकेको छैन ।
पुलको निर्माण लुम्बिनी बिल्डर्सले गरेको थियो । सो कम्पनीले पुल पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएर काम सुरु गरे पनि विभिन्न बहानामा ढिलाइ भइरहेको संरक्षक यादवले बताए । धनुषा र सिराहाका लागि लाइफलाइन मानिएको हुलाकी सडक अन्तर्गतको सो पुल निर्माण गर्नमा सरकारले उदासीनता देखाएका कारण सङ्घर्ष समितिले आन्दोलनको सुरुवात गरेको उनले बताए ।
संघर्ष समितिका संयोजक प्रवीण यादवको नेतृत्वमा सिराहाको बसपिटा चौकबाट झोलुङ्गे पुल हुँदै कमला नदी पार गरी मोटरसाइकल र्यालीसहित आन्दोलनकारीहरू मुख्यमन्त्री कार्यालय अगाडि पुगेका हुन् ।
ज्ञापन पत्र बुझाउन पूर्वमन्त्री एवं नेकपा (एस) का नेता रामचन्द्र झा, मधेस प्रदेशका प्रदेशसभा सदस्य प्रमोद यादव, नेता लाल गोइतलगायतका नेताहरू मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन
-
झापा कपको उपाधि चर्च ब्वाइजले जित्यो
-
जीबी राईका सबै सहकारीबिच अवैधानिक ‘अन्तर–सहकारी’ कारोबार
-
सरकारी कार्यालयमा स्वदेशी वस्तु खपत : कसरी होला कार्यान्वयन ?
-
प्रहरीका भान्से रुम्बाको हत्यामा सानो हतियार प्रयोग, अनुसन्धान विभागका इन्स्पेक्टरसँग सोधपुछ
-
निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार