‘नरसिंहा’ मा राजेशको जोडीमा भित्रिन् नीति

काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेत्रीको रूपमा नीति शाह भित्रिएकी छन् । निर्माणपक्षले फिल्ममा नीति भित्रिएको जानकारी दिएको हो । फिल्ममा उनको भूमिका के अहिलेसम्म सस्पेन्स नै राखेको छ ।
फिल्म दिवाकर भट्टराईले निर्देशन गर्न लागेका हुन् । नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहीबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।
सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने सङ्केत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले सङ्केत गरेकाले पनि फिल्म द्वन्द्व प्रधान हुने प्रष्ट छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म भदौबाट छायाङ्कनमा जाने तयारीमा छ । फिल्मको लगानी तीन करोडभन्दा माथि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला