संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ: उपप्रधानमन्त्री सिंह
आइतबार, २७ साउन २०८१, १३ : ०६

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । ललितपुरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए ।
उनले अहिले भएका अधिकार कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए । प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या जटिल बनेको बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने प्रवृद्धि ठिक नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल
-
कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति