सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
आइतबार, २७ साउन २०८१, १२ : ४२

काठमाडौँ । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हाे ।
स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।
निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताए ।
स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका हुन् । नेपाल न्युज बैंक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान