युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रुसमाथि आक्रमण गरेको स्वीकार

किभ । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका हुन् ।
शनिबार राति एक टेलिभिजन सम्बोधनमा जालेस्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रतर्फ धकेलिरहेको पनि बताएका थिए । युक्रेनको अभियान सुरु भएको पाँच दिनपछि उनको यो बयान आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ भने सीमाको दुबै तर्फ बसोबास गरिरहेका सर्वसाधारणलाई अन्यत्र सार्ने प्रयास भइरहेको छ ।
आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटको खबर आएको थियो । शनिबार आफ्नो सम्बोधनमा जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूभागमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेस्कांद्र सिस्र्कीसँग छलफल गरेको बताएका थिए ।
युक्रेनले न्याय सुनिश्चित गर्न सक्छ अनि आक्रमण गर्नेहरूमाथि दबाब बनाउन सक्छ भन्ने प्रमाणित गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)